सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ११:१८ |सिड्नीको समय: ०९:१८ |काठमाडौंको समय: ०५:०३

सर्वोच्चलाई सीआईबीको जवाफ -‘आरोपितहलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्छ’

एएनजेड खबरजुलाइ ५, २०२३

केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले ललिता निवास प्रकरणमा पक्राउ परेकालाई  थुनामै राखेर अनुसन्धान गर्नुपर्ने भन्दै सर्वोच्च अदालतलाई जवाफ पठाएको छ। 

आरोपितहरूले मुद्दालाई प्रभावित पार्न सक्ने भन्दै थुनामै राखेर अनुसन्धान गर्नुपर्ने सीआइबीले जवाफ दिएको हो।  सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालले गत शुक्रवार कारण देखाऊ आदेश जारी गरेका थिए। त्यसबारे ब्युरोकी प्रमुख एआइजी किरण बज्राचार्यले सर्वोच्चमा जवाफ पठाएकी हुन्।

‘फौजदारी अभियोगमा अनुसन्धान भइरहेको छ। किर्ते कसुरमा अनुसन्धान गरिरहेको हुँदा प्रमाणहरू लोप हुन सक्ने, उनीहरू भाग्न सक्ने र अन्य प्रमाणहरूलाई लुकाउन वा दबाउन सक्ने, अन्य व्यक्तिहरूलाई पनि प्रलोभनमा पार्न सक्ने भएकाले हिरासतमा राखेर अनुसन्धान गर्नुपर्छ भनेका छौँ,। जवाफमा लेखिएको छ। 

भाटभटेनीका मालिक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह र धर्मप्रसाद गौतमले आफूहरूलाई गैर-कानुनी रूपमा थुनामा राखेको भन्दै  बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए। सोही रिटमा अदालतले  कारण देखाऊ आदेश दिएपछि ब्युरोले जवाफ फर्काएको हो। 

तपाइँको प्रतिक्रिया