सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ११:३३ |सिड्नीको समय: ०९:३३ |काठमाडौंको समय: ०५:१८

गगनलाई बालेनको चुनौती -‘बोलेको कुरा पूरा गर्नुहोला माननीय ज्यू’ 

एएनजेड खबरजुलाइ ५, २०२३

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नेपाली काँग्रेसका महामन्त्री गगन थापाको एक भनाइप्रति जवाफ फर्काएका छन्। उनले थापालाई आफूले बोलेको कुरा पूरा गर्न चुनौतीसमेत दिएका हुन्। 

महामन्त्री थापाले केही दिन अघि एक सार्वजनिक कार्यक्रममा शिक्षण संस्थामा राजनीतिक दलको झोला बोकेर कोही पनि जान पाइँदैन भन्दै  अभिव्यक्ति दिएका थिए। 

थापाले यस्ता गतिविधि रोक्न विश्वविद्यालय ऐन ल्याउनुपर्ने बताउँदै त्यसमा नै कुनै पनि दलको झोला बोक्ने प्राध्यापक, विद्यार्थी, कर्मचारी कसैलाई पनि विश्वविद्यालयले नचिन्ने अवस्था बनाउनुपर्ने बताएका थिए।

थापाको सोही भनाइलाई लक्षित गर्दै मेयर बालेनले सामाजिक सञ्जालमा जवाफ फर्काएका हुन्। उनले , ‘माननीय गगन थापाज्यू, दलको हिजो एक कार्यक्रममा झोला बोकेर प्राध्यापक, कर्मचारी र विद्यार्थी विश्वविद्यालय छिर्न पाइँदैन भनेर त भन्नुभयो, नेपाली काँग्रेसको महामन्त्रीज्यूले नै भने पछि काठमाडौँ महानगर भित्रका सबै विद्यालय, शिक्षण संस्था, कार्यालय सबैतिर काँग्रेस पार्टीको कुनै पनि भातृ सङ्गठन नभएको घोषणा गर्दछौँ।’

बालेनले ‘आफूले बोलेको कुरा पूरा गर्नुहोला माननीयज्यू’ भन्दै चुनौती दिएका हुन्। 

काठमाडौँ महानगरपालिकाले महानगर भित्र रहेका कुनै पनि शैक्षिक संस्थामा तालाबन्दी हड्ताल जस्ता अमर्यादित कार्य नगर्न नगराउन सार्वजनिक सूचना जारी गर्दै आएको छ। कतिपय विद्यालयमा लगाइएको ताला महानगर आफैले फोरेर पठनपाठन सुचारु गर्दै आएको छ। 

तपाइँको प्रतिक्रिया