सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ११:२८ |सिड्नीको समय: ०९:२८ |काठमाडौंको समय: ०५:१३

आगामी भदौमा प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जाने 

एएनजेड खबरजुलाइ ३, २०२३

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौमा चीन भ्रमण गर्ने भएका छन्।  प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमण गत जेठमा भारतबाट सुरु गरेका प्रधानमन्त्री प्रचण्डले अबको केही केही सातापछि उत्तरी छिमेकी चीनको भ्रमण गर्ने भएका हुन्। 

परराष्ट्रमन्त्री एनपी साउदले कैलाली पुगेर प्रधानमन्त्री प्रचण्डको  चीन भ्रमण बारे जानकारी दिएका हुन् ।  उनका अनुसार प्रधानमन्त्री प्रचण्डले आगामी सेप्टेम्बरमा चीन भ्रमणमा जानमा जाने छन् । 

परराष्ट्रमन्त्री साउदले चीन र भारत दुवै छिमेकी मुलुकबाट नेपालले प्रतिफल लिन सकिने पनि बताए। उनले भने  ‘लाभ लिने सन्दर्भमा प्रधानमन्त्रीज्यूको आगामी सेप्टेम्बरमा हुने चीन भ्रमण महत्त्वपूर्ण हुने। नेपालले भ्रमणको समयमा  राष्ट्रिय हितलाई केन्द्रमा राखेको छ।’

तपाइँको प्रतिक्रिया