सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ११:२० |सिड्नीको समय: ०९:२० |काठमाडौंको समय: ०५:०५

ललिता निवास जग्गा प्रकरण-आज थप दुई जना समातिए 

एएनजेड खबरजुलाइ ३, २०२३

ललिता निवासको सरकारी जग्गा प्रकरणमा मुछिएका थप दुई जना पक्राउ परेका छन्। उनीहरूलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो। 

पक्राउ पर्नेहरूमा रमेश कुमार पोखरेल र देवनारायण महर्जन रहेको सीआईबीले जनाएको छ। पोखरेल समर्जिङ कम्पनीका तत्कालीन प्रमुख भएको खुलेको छ। त्यस्तै अर्का महर्जन ललिता निवासको सरकारी जग्गाको नक्कली मोही भएको खुलेको हो। 

आज पक्राउ परेका दुई जनासँगै  बालुवाटार जग्गा प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या ९ पुगेको छ। यसअघि गत मङ्गलवार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ४ जना पक्राउ परेका थिए। 

गुरुङसहित धर्मप्रसाद गौतम, सुधिर शाह र गोपाल कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो। सीआईबीले हिजो मात्रै काठमाडौँ महानगरका अधिकृत  शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र नापीका कर्मचारी घमनकुमार कार्कीलाई पक्राउ गरेको थियो।

सीआईबीले पक्राउ गरेका सबैलाई हिरासतमा राखिएको छ। 

तपाइँको प्रतिक्रिया