सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ११:२५ |सिड्नीको समय: ०९:२५ |काठमाडौंको समय: ०५:१०

वाम एकताको कुराले कोही तरङ्गित हुनुपर्दैन :प्रधानमन्त्री प्रचण्ड 

एएनजेड खबरजुलाइ ३, २०२३

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वाम एकताको कुराबाट कोही तरङ्गित हुन नपर्ने बताएका छन् । 

आज स्वर्गीय गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दीको अवसरमा आयोजित  कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले कम्युनिष्टहरूबीचको एकताले काँग्रेस तरङ्गित हुनु नपर्ने बताएका हुन् ।

उनले गत असार ५ गते घोषणा भएको  वाम एकताका कारण नेपाली काँग्रेससँगको सम्बन्धमा कुनै दरार नआउने दाबी गरे। 

प्रचण्डले काँग्रेस र कम्युनिष्ट  मिलेर हालसम्मका राजनीतिक उपलब्धि हात पार्न सकेको भन्दै  अझै काङ्ग्रेससँगै मिलेर राजनीतिक उपलब्धिको रक्षा गरिने बताए ।

 गिरिजाप्रसाद कोइराला आफ्नो प्रेरणाको स्रोत भएको प्रचण्डको भनाइ छ। 

प्रचण्डले कोइरालामा राजनीतिक सुझबुझ र दुर्दृष्टिकै कारण अहिलेको परिवर्तन सम्भव भएको भन्दै गिरिजाप्रसाद कोइरालाको नामबाट विश्वविद्यालय स्थापना गर्नुपर्ने प्रस्तावलाई आफुले अघि बढाउने जानकारी समेत दिए। 

तपाइँको प्रतिक्रिया