सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ११:३० |सिड्नीको समय: ०९:३० |काठमाडौंको समय: ०५:१५

गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपतिमा प्रस्ताव नगर्नु गल्ती भयो : प्रधानमन्त्री प्रचण्ड 

एएनजेड खबरजुलाइ ३, २०२३

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई आफूले  राष्ट्रपति प्रस्ताव नगरेकोमा गल्ती  भएको बताएका छन्। आज ’ कोइरालाको १०० औँ जन्म जयन्तीका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा उनले  उक्त कुरा स्वीकार गरेका हुन्। 

‘म गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदै गर्दा गिरिजाप्रसाद कोइरालालाई पहिलो राष्ट्रपति प्रस्ताव गर्नुपर्थ्यो। मैले सकिनँ, मलाई अहिले पश्चात्ताप छ’।  उनले आफूले त्यस बेला प्रधानमन्त्रीबाट राजीनामा दिने मनस्थिति बनाएपछि कोइरालालेले राजीनामा नदिन पटक पटक भनेको समेत बताए।  

तपाइँको प्रतिक्रिया