सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ११:२० |सिड्नीको समय: ०९:२० |काठमाडौंको समय: ०५:०५

पूर्वमाओवादीबीच पार्टी एकताका लागि छलफल भइरहेको छ : प्रचण्ड 

एएनजेड खबरजुलाइ १, २०२३

प्रधानमन्त्री तथा  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  पूर्वमाओवादीहरू बिच पार्टी एकताका लागि छलफल भइरहेको बताएका छन्। 

 आज बिहान पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग भएको अन्तरक्रिया कार्यक्रममा  जनयुद्धकालीन नेकपा माओवादी पार्टीबाट विभाजन भएका शक्तिहरूबिच पुनः एकताको पहल भइरहेको जानकारी दिएका हुन्। 

‘भर्खरै गत असार ५ गते घोषणा भएको समाजवादी मोर्चाले समाजवादको आधार निर्माणका लागि काम गर्नेछ,’प्रचण्डले भने  ,’पूर्वमाओवादीहरू पनि एकताको लागी छलफलमा छौँ। फेरि पार्टी एकताको आधार निर्माण हुँदै छ। पार्टी एकताको लागि ठोस पहल अगाडि बढाउँछौँ।’

प्रचण्डले भने ‘हामी विशेष महाधिवेशन गर्नेमा पनि छौँ, यसले पार्टी पुनर्निर्माणमा योगदान पुग्नेछ। सरकारका कामको व्यवस्थित स्वामित्व, पार्टी निर्माणको काम, समाजवादी मोर्चा र पार्टी एकताको प्रयासलाई सँगसँगै लैजानुपर्छ।’

प्रधानमन्त्री प्रचण्डले माओवादी कमजोर हुँदा प्राप्त परिवर्तन पनि खतरामा पर्ने भन्दै एकताको विकल्प नरहेको बताए। माओवादी कमजोर हुँदा सिङ्गो परिवर्तन कमजोर हुने र  हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्ने उनको भनाई थियो। 

तपाइँको प्रतिक्रिया