सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ११:१८ |सिड्नीको समय: ०९:१८ |काठमाडौंको समय: ०५:०३

एनआरएन एक भइसक्यो , भएको सहमति कसैले तोड्न पाइँदैन : नेता जनार्दन शर्मा 

एएनजेड खबरजुन ३०, २०२३

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले  एनआरएनए एक भइसकेको बताएका छन्।  एनआरएनए मध्यपूर्वले आयोजना गरेको क्षेत्रीय सम्मेलनमा बोल्दै  यसमा दाँया बाँया गर्ने अधिकार कसैलाई नभएको बताएका हुन्।  

नेता शर्माले  एनआरएनए विश्वभर  फैलँदो क्रममा रहेकाले यसको उचित व्यवस्थापन गर्नुपर्ने भन्दै  कुनै पनि अवस्थामा एनआरएनए फुट्न नहुने बताए।   

शर्माले आफ्नो समेत सक्रियतामा दुई संस्था एक बनाउने सहमति गरेकाले त्यसमा तलमाथि नगर्न आग्रह गरे । उनले भने– ‘सहमति कसैले तोड्न पाइँदैन । तोडिए मानिँदैन । एकतामा बाधक बन्ने अधिकार कसैलाई छैन । उनले थपे ‘अव एनआरएनए एक भइसक्यो यसमा दाँया बाँया गर्ने अधिकार कसैलाई छैन’।

देश विकाशमा लगानी आवश्यक भएको उल्लेख गर्दै शर्माले नेपालमा लगानीको क्षेत्र धेरै भएकाले ढुक्क भएर लगानी गर्न  र देश विकासमा योगदान दिन गैर आवासीय नेपालीलाई अनुरोध गरेका छन्। 

उनले  एनआरएनएका दुई संस्था एक बनाउने सहमति गरेकाले त्यसबाट विचलित भएर तलमाथि नगर्न सबैलाई  सचेत गराएका छन्। 

तपाइँको प्रतिक्रिया