सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ११:२८ |सिड्नीको समय: ०९:२८ |काठमाडौंको समय: ०५:१३

आज इस्लाम धर्मालम्बीहरुको पर्व बकर इद, देशैभर सार्वजनिक विदा 

एएनजेड खबरजुन २९, २०२३

आज इस्लाम धर्मालम्बीहरुको महान पर्व बकर इद हो। बकर इदको  अवसरमा  सरकारले सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार असार १४ गते बिहीबारको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। 

‘नेपाल राजपत्रमा मिति २०७९ चैत २ गतेका दिन प्रकाशित सूचनाअनुसार इस्लाम धर्मालम्बीहरुको पर्व बकर इद (इद उल अजहा) विसं २०८० साल असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ।

मुस्लिम समुदायको महान् पर्व बकर इदमा मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मदरसा, इदगाह, मस्जिदमा गएर सामूहिक नमाज पढ्ने र एक आपसमा शुभकामना आदान प्रदान गर्ने प्रचलन छ। 

तपाइँको प्रतिक्रिया