सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ११:२२ |सिड्नीको समय: ०९:२२ |काठमाडौंको समय: ०५:०७

 कोशी प्रदेशमा एक मतले गर्नेछ मुख्यमन्त्रीको निर्णय !

एएनजेड खबरजुन २९, २०२३

कोशी प्रदेशमा निवर्तमान  मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने तयारी गरेका छन् । यस अघि  माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि  कार्की नेतृत्वको सरकार अल्पमतमा परेको थियो। 

 आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा विश्वासको मत माग्ने तयारी मुख्यमन्त्री कार्कीले गरेका हुन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । नेकपा एमालेका ४० र राप्रपाका ६ गरी ४६ जना सांसद कार्कीको पक्षमा छन् । बहुमतका लागि उनलाई एक मत पुग्दैन । त्यो एक मत जुटाउन मुख्यमन्त्री कार्की निकै सक्रिय रहेका छन् भने विपक्षी गठबन्धनका दलहरू पनि कार्कीको विश्वासको मतको प्रस्ताव फेल गराउन प्रयासरत छन् ।

कार्कीको विपक्षमा नेपाली काँग्रेसका २९, माओवादी केन्द्रका १२(सभामुख बाहेक), एकीकृत समाजवादीका ४ र जसपाको एक जना सांसद छन् । सभामुख बाहेक दुवै पक्षसँग समान ४६–४६ सांसद छन् । बराबरी भएको अवस्थामा सभामुखले निर्णायक मत दिन पाउँछन् । सभामुख बाबुराम गौतम प्रतिपक्षी गठबन्धनमा रहेको माओवादी केन्द्रबाट निर्वाचित सांसद हुन् ।

तपाइँको प्रतिक्रिया