सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: १२:२५ |सिड्नीको समय: १०:२५ |काठमाडौंको समय: ०६:१०

सरकार अभियान नै चलाएर सुशासनको पक्षमा लागेको छ :प्रधानमन्त्री प्रचण्ड 

एएनजेड खबरजुन २८, २०२३

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार सुशासनको पक्षमा लागेको बताएका छन्। 

आज बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले सुशासनको पक्षमा अभियान नै छेडेको बताएका हुन्। 

‘मैले संसद्मा सङ्कल्प गरेको थिएँ सुशासन सरकारको प्रतिबद्धता हुने छ। जनतामा राज्य र सरकारप्रति निराशा असन्तोष र आवेग थियो अहिले त्यसमा सुधार भएको छ’, उनले भने, ‘जनतामा राज्य र सरकारप्रति भरोसा बढेको छ। हाई प्रोफाइल व्यक्तिहरू कानुनभन्दा माथि छन् भन्ने भ्रम तोडिएको छ।’

उनले नक्कली शरणार्थीको फाइल खोलेर कानुनबाहिर जाने जोसुकै कारबाहीमा पर्ने सन्देश दिएको पनि बताए। 

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा कानुनको सर्वोच्चता स्थापित भएको छ। लोकतन्त्रमा उब्जिएको समस्याको समाधान लोकतन्त्रबाटै हुन्छ’, उनले भने, ‘उच्च पदस्थहरू कानुनमाथि छन् भन्ने गलत भएको छ। लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरण पनि सुरु भएको छ।’

उनले बालुवाटारस्थित प्रधानमन्त्री निवासको सरकारी जग्गा निल्न खोज्नेमाथि कारबाही थालिएको भन्दै आफूलाई  अझै बढी समर्थन चाहिएको बताए। उनले भने,’ यो लडाइँमा सदन र आमजनताको पनि हौसला र सहयोग मिल्नेछ, कुनै पनि मूल्यमा विकृतिविरुद्धको यो लडाइँ अघि बढाइनेछ।

तपाइँको प्रतिक्रिया