सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: १२:२२ |सिड्नीको समय: १०:२२ |काठमाडौंको समय: ०६:०७

सरकारले आज बजेट पारित गर्ने 

एएनजेड खबरजुन २८, २०२३

गठबन्धन सरकारले  बजेट पास गर्ने तयारी गरेको छ। आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा बजेट पारितको प्रक्रिया अघि बढाइने भएको हो। 

हिजो बसेको प्रतिनिधि सभाको बैठकमा विभिन्न मन्त्रालयगत छलफलपछि सरकार बजेट पारित गर्न लागेको हो। तर सरकारमै सहभागी  केही दलहरू बजेटलाई यही अवस्थामा  पास गर्ने नदिने पक्षमा देखिएका छन्। 

हिजो साँझ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डेसहितका नेता र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको छ। 

यथास्थितिमा बजेट पास नगर्ने अडान लिएका एकीकृत समाजवादी, जसपा लगायत दलले उठाएका केही विषय सम्बोधन गर्न तयार भएपछि बजेट पास गरेर जाने भनिएता पनि अझै निर्णय भइसकेको छैन। 

यस्तै काँग्रेस र माओवादीले मङ्गलवार नै सांसदलाई बजेटका पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेका छन्। अन्य सत्ता सहकार्यका दलहरूले भने आफ्नो निर्णय सार्वजनिक गरेका छैनन्। 

तपाइँको प्रतिक्रिया