सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: १२:२१ |सिड्नीको समय: १०:२१ |काठमाडौंको समय: ०६:०६

गठबन्धनलाई पाँच वर्ष कसैले हल्लाउन सक्दैन : प्रधानमन्त्री प्रचण्ड   

एएनजेड खबरजुन २६, २०२३

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो गठबन्धनलाई पाँच वर्षसम्म कसैले हल्लाउन नसक्ने बताएका छन्। 

आज धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको भवन समुद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले पाँच वर्षसम्म गठबन्धन सरकार चलिरहने  बताएका हुन्। 

 ‘अहिले कता कता यो सरकारको आयु कति भनेर मिडियामा हुने नहुने चर्चा चल्ने गरेको  छ। पाँच वर्ष यो गठबन्धन केही हुनेवाला छैन, यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ।’ प्रधानमन्त्री प्रचण्डले भने। 

उनले आफूले भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको हैसियतले राम्रो गरेको दाबी गर्दै भने ,’राम्रो गरेको देखि नसहने नकारात्मक प्रवृत्ति भएकाहरूले मेरो भारत भ्रमणको  अनावश्यक विरोध गरिरहेका छन् ,’। 

तपाइँको प्रतिक्रिया