सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: १२:२३ |सिड्नीको समय: १०:२३ |काठमाडौंको समय: ०६:०८

गायक प्रकाश सपुतमाथि रोमानियामा बोतल प्रहार !

एएनजेड खबरजुन २६, २०२३

रोमानियामा गायक प्रकाश सपुतमाथि बोतल प्रहार भएको छ।  नेपाली समुदायले आयोजना गरेको साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिइरहेका  सपुतमाथि एम युवाले बोतल हानेका हुन्। 

नेपाली समय अनुसार  गए राति मध्यरातमा स्टेजमा गीत गाइरहेका सपुतमाथि सहभागीले क्यान बोतल प्रहार गरेका हुन् ।

सपुतले ‘बोल माया’ गीत गाइरहेका थिए। दर्शक दीर्घाबाट प्रहार गरिएको बोतल सपुतको अनुहारमा लागेको थियो ।बोतल प्रहार पछि आधा घण्टा कार्यक्रम प्रभावित भएको जनाइएको छ । 

मादक पदार्थ सेवन गरेका व्यक्तिले बोतल प्रहार गरेका थिए । आयोजकले घटनामा बोतल प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएका थिए ।

नेपाली म्युजिक फेस्टिभल भाग–२ नामकरण गरिएको यो कन्सर्टमा प्रीति आले र प्रकाश सपुत सहभागी  छन्  ।  

तपाइँको प्रतिक्रिया