सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: १२:१४ |सिड्नीको समय: १०:१४ |काठमाडौंको समय: ०५:५९

अख्तियारले जलहरीको सुन जोख्दा आधा केजी पुगेन !

एएनजेड खबरजुन २६, २०२३

पशुपतिमा राखिएको जलहरी विवादले गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिमा छिरेको छ। हिजो राति अबेरसम्म पशुपतिका चारै ढोका बन्द गरेर अख्तियारको टोलीले  सुनको जलहरी जोखेको हो। 

 दिउसै गएको अख्तियारको टोलीलाई सुन जोख्न राती २ बजेसम्म लागेको थियो। तौल पछि  उक्त सुन आधा केजी कम पाइएको छ।सूत्रका अनुसार जलहरीमा प्रयोग भएको भन्दा आधा केजी सुन कम पाइएको हो। 

श्रोतका अनुसार त्यसमध्ये जलहरीको रिङ र बेल्टमा १०.४३२५ मा प्रयोग भएको पाइएको छ। त्यस्तै, किला र काँटीमा १.०३७५ केजी सुन प्रयोग भएको पाइएको छ। 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा १०७ केजी ९२४.७४ ग्राम सुन प्रयोग गरी जलहरी बनाइएको बताइएको थियो। उक्त सुनमा तामा र पित्तल थप गरी १०८ केजी भएको भनिएको उक्त जलहरीलाई लिएर प्रतिनिधि सभाको बैठकमा विवाद भएको थियो।

तपाइँको प्रतिक्रिया