सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ११:३३ |सिड्नीको समय: ०९:३३ |काठमाडौंको समय: ०५:१८

अदालतको अवहेलना गरेको आरोपमा मेयर बालेन विरुद्ध सर्वोच्चमा मुद्दा पर्‍यो 

एएनजेड खबरजुन २४, २०२३

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध  अदालतको अवहेलना मुद्दा दर्ता भएको  छ। सर्वोच्च अदालतमा उनी विरुद्ध अदालतको अवहेलना गरेको आरोपमा अधिवक्ता वर्षा कुमारी झाले हिजो रिट दायर गरेकी हुन्। 

सामाजिक सञ्जालमा मेयर शाहले देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा कुनै कानुन र अदालतलाई नमान्ने भन्दै कडा स्ट्याटस लेखेका थिए। 

भारतीय फिल्म आदिपुरुषलाई महानगर भित्र चलाउन नदिने उनको अडान थियो। सोही अडानको विरुद्ध फिल्म हल सञ्चालकले उच्च अदालतमा निवेदन दिएका थिए। उच्च अदालतले फिल्म सञ्चालनमा प्रतिबन्ध नलगाउन आदेश दिएको थियो।

उच्च अदालतको आदेशपछि मेयर शाहले त्यो फिल्म चलाउन दिनु भनेको अदालत र सरकार दुवै भारतको गुलाम भएको भन्दै विवादास्पद टिप्पणी गरेका थिए। 

तपाइँको प्रतिक्रिया