शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १०:०० |सिड्नीको समय: ०८:०० |काठमाडौंको समय: ०३:४५

नागरिकता विधेयक कार्यान्वयनको बाटो खुलेसँगै एनआरएनए नेपालीमा खुसी छायो 

एएनजेड खबरजुन २३, २०२३

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनमा आउने भएको छ । सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै विधेयक कार्यान्वयन हुने भएको हो । 

हिजो सर्वोच्चका न्यायाधीश द्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेशको निरन्तरता नहुने आदेश दिएको हो । यसअघि न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले दिएको विधेयकलाई कार्यान्वयन नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो। 

सर्वोच्चको अघिल्लो आदेशले निराश बनेका गैर आवासीय नेपालीहरूमा यस फैसलाले खुसी बनाएको छ। विधेयकको  कार्यान्वयनको बाटो खुलेसँगै एनआरएनएमा खुसी छायाको हो।

गैर आवासीय नेपालीहरूले वर्षौँदेखि उठाउँदै आएको  प्रमुख माग पूरा हुने भएपछि प्रसन्नता व्यक्त गरेका छन् । गैर आवासीय नेपालीहरूले (एनआरएनए) सर्वोच्च अदालतको निर्णयलाई स्वागत गर्दै  धन्यवाद दिएका छन्। 

 एनआरएनए आइसिसी उपाध्यक्ष आरके शर्माले अदालतको निर्णयको स्वागत गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत भनेका छन्–’सर्वोच्च अदालतको निर्णयसँगै गैर आवासीय नेपाली नागरिकता लिने बाटो खुलेको छ । गैर आवासीय नेपाली सङ्घ(एनआरएनए)ले लामो समयदेखि उठाउँदै आएको गैर आवासीय नेपाली नागरिकता लिने कानुनी बाटो खुल्ला गरेकोमा सम्मानित सर्वोच्च अदालतप्रति हार्दिक धन्यवाद । विदेशमा बस्ने लाखौँ नेपालीले वर्षौँदेखि माग अब पुरा भएको छ । ,’

उनले नागरिकता विधेयक प्रमाणीकरणका लागि अग्रसरता देखाउने  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमाणीकरण गर्ने  राष्ट्रपति रामचन्द्र पौडेललाई विशेष धन्यावाद समेत दिएका छन्। 

तपाइँको प्रतिक्रिया