सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ११:३२ |सिड्नीको समय: ०९:३२ |काठमाडौंको समय: ०५:१७

जेल परेका खाँणलाई भेट्न परराष्ट्रमन्त्री कारागार पुगे

एएनजेड खबरजुन २३, २०२३

केन्द्रीय कारागार, सुन्धारामा रहेका पूर्वगृहमन्त्री एवं काँग्रेस नेता बालकृष्ण खाँणलाई भेट्न परराष्ट्रमन्त्री एनपी साउद केन्द्रीय कारागार,  पुगेका छन् । भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका खाँडलाई भेट्न साउद बिहान १० बजे कारागार  गएका हुन्। 

करिब आधा घण्टा साउदले खाँणसँग भेटघाट गरेका थिए  । भेटका क्रममा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ। 

काँग्रेस सहमहामन्त्री भीष्मराज आङ्दाम्बे र महेन्द्र यादव पनि खाँणलाई भेट्न कारागार पुगेका थिए।

जिल्ला अदालत, काठमाडौँले १ असारमा खाँण, पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । अदालतको आदेश कार्यान्वयनका क्रममा जिल्ला प्रहरी परिसर, काठमाडौँले उनीहरूलाई केन्द्रीय कारागार लगेको थियो ।

तपाइँको प्रतिक्रिया