शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १०:०१ |सिड्नीको समय: ०८:०१ |काठमाडौंको समय: ०३:४६

एनआरएन अष्ट्रेलियाको सदस्यता आवेदन, जुन २६ तारिखसम्म 

एएनजेड खबरजुन २१, २०२३

गैर आवासीय नेपाली सङ्घ अष्ट्रेलियाको आगामी निर्वाचनलाई लिएर सदस्यता नवीकरण गर्ने र नयाँ सदस्यता लिने क्रम तिब्र गतिमा चलिरहेको छ ।आगामी जुलाई २९ तारिखका लागि तय गरिएको निर्वाचनलाई लिएर यति बेला व्यापक रूपमा सदस्यता नवीकरणको साथै  नयाँ सदस्यता लिने क्रम चलेको हो। 

एनआरएन अष्ट्रेलियाको सदस्यता  नवीकरण र नयाँ लिन आगामी जुन २६ तारिखसम्म समय सीमा तोकिएको छ भने  हालसम्म अष्ट्रेलियामा बसोबास गर्ने  ६ हजारभन्दा बढी नेपालीहरूले सदस्यता नवीकरण तथा नयाँ सदस्यता दर्ता गराइसकेका छन् । 

अघिल्लो पटकको तथ्याङ्क अनुसार १६ हजारभन्दा बढी सदस्यता रहेको थियो तर  यो पटक भने सदस्यताको सङ्ख्या निकै बढ्ने अनुमान गरिएको छ। 

केही दिन अघि मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई साक्षीको रूपमा राखेर आइसिसी तहमा नै  दुई समूहबिच अबको अधिवेशनलाई एकताको अधिवेशन बनाउने निर्णय भएपछि एनआरएन अष्ट्रेलियामा पनि नयाँ सदस्यता बढ्ने अनुमान गरिएको छ। 

गैर आवासीय नेपाली सङ्घ अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले एनआरएन अष्ट्रेलियाको सदस्य बन्नका लागि सबै पक्षलाई आह्वान गरेका छन् । उनले यस पटक आईसीसीको एमआईएस सिस्टममा जाने भएका कारण पनि झन्झट नमानी स्मार्ट एनआरएन एप डाउनलोड गरी त्यसमा आफ्नो विवरण दिन अनुरोध गरेका हुन् ।

तपाइँको प्रतिक्रिया