सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: १०:२४ |सिड्नीको समय: ०८:२४ |काठमाडौंको समय: ०४:०९

कोशी प्रदेश विवाद- सरकार र संयुक्त सङ्घर्ष समितिबिच वार्ता जारी 

एएनजेड खबरजुन १९, २०२३

कोशी प्रदेश सरकार र प्रदेशको पुनः नामकरण संयुक्त सङ्घर्ष समितिबिच विराटनगरमा वार्ता सुरु भएको छ। 

आज बिहान पौने १० बजे  दुई पक्षबिच विराटनगरको विग होटेलमा वार्ता जारी छ। वार्ताअघि दुवै पक्षका वार्ता टोलीले छुट्टाछुट्टै छलफल गरेपछि  औपचारिक वार्ता सुरु भएको हो। 

अल्पमतमा परेको प्रदेश सरकारको तर्फबाट खानेपानी मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी वार्ता टोलीमा छन्। 

 आन्दोलनरत पक्षका तर्फबाट गोविन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिभक र पदम जवेगू वार्ता टोलीमा छन् । 

 प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ राखेपछि नामकरणविरुद्ध असन्तुष्ट पक्षले आन्दोलन जारी राखेको छ।

तपाइँको प्रतिक्रिया