सिड्नीको दक्षिणी क्षेत्रमा भूकम्पको धक्का !!
एएनजेड खबरजुन १८, २०२३
सिड्नीको दक्षिण पश्चिम भू-भागमा भूकम्प गएको छ। आज दिउसो २ बजेको समयमा ३.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्प मापन केन्द्र जियोसाइन्स अस्ट्रेलियाका अनुसार दिउँसो २ बजेतिर क्याम्पबेल टाउनको दक्षिण तर्फको एपिन नजिक भूकम्प गएको हो ।
जियोसाइन्स अस्ट्रेलियाका अनुसार भूकम्प ३ किलोमिटर गहिराइमा रहेको थियो। उक्त क्षेत्रका मानिसहरूले भूकम्पको धक्का महसुस गरेका थिए।
एपिन आसपासका बासिन्दाहरूले भूकम्पको धक्का महसुस गरेको भन्दै सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए।
तपाइँको प्रतिक्रिया