शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १०:१२ |सिड्नीको समय: ०८:१२ |काठमाडौंको समय: ०३:५७

रगत अभाव हुन नदिन कर्मथलो अष्ट्रेलियामा जुटे नेपालीहरू

एएनजेड खबरजुन १७, २०२३

जन्मथलो नेपाल भएर कर्मथलो अष्ट्रेलिया बनाएका नेपालीहरू अष्ट्रेलियामा विभिन्न सामाजिक काममा सक्रिय भइरहेका छन्। 

नेपाली समुदायका लागि मात्र हैन अष्ट्रेलिया सरकारका विभिन्न कार्यक्रममा समेत सामाजिक कार्यमार्फत सहयोग गरिरहेका नेपाली समुदायले रक्तदान कार्यक्रम मार्फत रगत अभाव कम गर्न सहयोग गरिरहेका छन् । 

कर्मथलोमा हुने प्रकृति विपद्का कारण रगत अभाव नहोस् भन्ने  उद्देश्य  राखेर नेपलिज  ब्लड  डोनर्स  एसोसिएसन (NBDA) अष्ट्रेलियाले  विश्व  रक्तदाता  दिवस  २०२३ को अवसर  पारेर “नियमित रूपमा रगत तथा  प्लाज्मा  दान  गरौँ  जीवन  बचाउने  कार्यमा  हातेमालो  गरौँ”भन्ने  नाराका साथ एक  विशेष कार्यक्रमका  बिच लाइफ  ब्लड  सेन्टर, टाउन हल सिड्नीमा रक्तदान  कार्यक्रम सम्पन्न गरेको  छ। 

रक्तदान कार्यक्रममा ३ जनाले प्लाज्मा दान गरेका छन् भने ७ जनाले होल ब्लड रगत दान गरेका छन् । प्लाज्मा दान गर्नेमा  भूपाल  सिटौला,प्रकाश लामिछाने  र सरोज  पाठक  छन् भने होल ब्लड  प्रदान गर्नेमा  क्रमशः  मुक्तिराम  पोखरेल ,सीमा  थापा,बाबुराम  पोखरेल ,  दिनेश पोखरेल, चन्द्र  प्रसाद  ढकाल, उमेश  पोखरेल, र प्रदीप  खनाल रहेका छन्।  

नेपलिज ब्लड  डोनर  एसोसिएसन  (NBDA) अष्ट्रेलियाका अध्यक्ष भूपाल  सिटौलाको  अध्यक्षता एसोसिएसनका महासचिव प्रकाश  लामिछानेको सञ्चालनमा भएको कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीहरूलाई कार्यक्रमका संयोजक एवं एसोसियनका उपाध्यक्ष   मुक्तिराम  पोखरेलले  स्वागत गर्दै कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए। 

अध्यक्ष सिटौलाले अष्ट्रेलियामा हुने रगतको अभावलाई परिपूर्ति गर्न यस्ता कार्यक्रम निरन्तर गरिरहने र जो  कोही पनि इच्छुक  महानुभावले पनि  आफ्नो  पायक  पर्ने  ब्लड  सेन्टरमा गएर  NBDA को  नाम  बाट  निरन्तर  रूपमा रक्तदान  गर्न  सकिने बताए। 

कार्यक्रममा एसोसियनका  सल्लाहकार,समाजसेवी  एवं  प्रतिष्ठित  व्यवसायी  दिनेश  पोखरेल, रुपन्देही  सामाजिक  सञ्जाल  (RSNA) अष्ट्रेलियाका  स्पोर्टस्  कोर्डिनेटर सरोज  पाठक, एसोसिएसनकै  सचिव  चन्द्र  प्रकाश  ढकाल  लगायतका  व्यक्तित्वले आफ्नो  धारणाहरू  राखेका थिए। उनीहरूले  मानव जीवन  बचाउने  जस्तो  महत्त्वपूर्ण “रक्तदान  जीवनदान “जस्तो पुण्य कार्य गरेकोमा NBDA  ले  कार्यको  प्रशंसा गर्दै अन्य  सङ्घ  संस्थाहरूले  पनि NBDA  सँग  सहकार्य  गरी  रक्तदान  एवं  उत्प्रेरणामूलक कार्यक्रमहरू गर्न आव्हान गरेका थिए।

उक्त रक्तदान कार्यक्रममा सञ्जालका कार्यसमिति सदस्य, पदाधिकारी एवं विभिन्न क्षेत्रका नेपाली समुदायको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया