कार्कीलाई प्रधानन्यायाधीशमा आजै सपथ गराउने तयारी
एएनजेड खबरजुन १६, २०२३
संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन भएपछि आजै नै सपथ गराउने तयारी भएको छ । राष्ट्रपति कार्यालयले सपथका लागि आफूहरू तयारी अवस्थामा रहेको जनाएको छ।
सपथको लागी समयमै पत्र आइपुगे आजै सपथ हुने राष्ट्रपति कार्यालयको भनाइ छ । राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव शैलजा रेग्मी भट्टराईका अनुसार संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएको पत्र राष्ट्रपति कार्यालयमा समयमै आइपुगेमा आजै सपथ गराउने तयारी भएको छ ।
प्रवक्ता भट्टराईका अनुसार समितिबाट नाम अनुमोदन भएको पत्र आएको तीन घण्टाको समय राष्ट्रपति कार्यालयका लागि तयारी गर्न लाग्नेछ । उक्त समयमा सपथमा बोलाउनुपर्ने सबै व्यक्तित्वहरूलाई पत्र पठाई बोलाउनका लागि समय लाग्ने भएकाले समयमै पत्र आइपुगेमा शुक्रबार नै सपथ गराउने तयारी भएको छ ।
तपाइँको प्रतिक्रिया