शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १२:१४ |सिड्नीको समय: १०:१४ |काठमाडौंको समय: ०५:५९

राजदूतावास भवन निर्माणलाई लिएर रुस-अष्ट्रेलिया विवाद चुलियो

एएनजेड खबरजुन १६, २०२३

रादूतावासको नयाँ भवन निर्माणको विषयलाई लिएर रुस र अष्ट्रेलियाबीच विवाद चुलिएको छ। अष्ट्रेलियाको संसद् नजिक दूतावास भवन निर्माण भए राष्ट्रिय सुरक्षामा गम्भीर जोखिम उत्पन्न हुने भन्दै क्यानबेराले भवन निर्माणका काम रोकेको छ।

नयाँ दूतावास निर्माण रोकिएपछि रुस कानुनी उपचारको बाटो खोजिरहेको छ। उसले कानुनी सल्लाह लिइरहेको एक जना कूटनीतिज्ञले बताएका छन्।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले देशको संसद् भवनको पारिपट्टी नयाँ दूतावास निर्माण गर्ने रुसको प्रस्तावित भवन निर्माणस्थलप्रति आपत्ति जनाउँदै त्यसले राष्ट्रिय सुरक्षामा जोखिम हुने बताए।

उनको यो अभिव्यक्तिसँगै रुसी पक्ष कानुनी उपचारको बाटोमा लागेको हो।

तपाइँको प्रतिक्रिया