सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०९:१५ |सिड्नीको समय: ०७:१५ |काठमाडौंको समय: ०३:००

वैरागीलाई राजदूत र अर्याललाई मुख्यसचिव बनाउन मन्त्रिपरिषद्को बैठक बस्दै 

एएनजेड खबरजुन १५, २०२३

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बस्दै छ। आजको बैठकले नेपाल सरकारको मुख्यसचिव र राजदूत नियुक्तिबारे निर्णय गर्न लागेको बुझिएको हो। 

बैठक अहिले बिहान साढे ९ बजेलाई बोलाइएको छ। बैठकले मुख्यसचिव परिवर्तन तथा राजदूत नियुक्तिबारे निर्णय गर्ने छ।

 वर्तमान मुख्य सचिव शंकरदास वैरागीलाई अमेरिकाको लागी राजदूत बनाउने र  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत डा. वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने तयारी मन्त्रीपरिषद्ले गरेको छ। 

तपाइँको प्रतिक्रिया