सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०९:१९ |सिड्नीको समय: ०७:१९ |काठमाडौंको समय: ०३:०४

 नागरिकता विधेयकबारे सर्वोच्चले छिटो निर्णय गरिदिनु पर्छ :उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ 

एएनजेड खबरजुन १४, २०२३

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतमा गएर अड्किएको  नागरिकता विधेयकबारे अदालतले छिटो निर्णय गरिदिनुपर्ने बताएका छन् ।

आज राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा  श्रेष्ठले नेपाली नागरिकलाई नागरिकता दिन सरकार प्रतिबद्ध रहे पनि यो विषय अहिले सर्वोच्च अदालतमा पुगेको भन्दै अदालतले स्टेअर्डरको निर्णयबाट लम्ब्याउन नहुने धारणा राखेका हुन्। 

उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले भने अदालतले कि सही छ भनिदिनु पर्‍यो होइन भने हामी अर्को विधेयक ल्याएर कानुन बनाउँछौ,’। उनले भने,’कि अदालतले प्रमाणीकरण सही छ, अब यही आधारमा यही कानुन भयो भन्नुपर्छ ।’

श्रेष्ठले यस नागरिकता विधेयकबारे अदालतले छिटै आवश्यक निर्णय गर्नेमा सरकार आशावादी रहेको समेत बताए ।

तपाइँको प्रतिक्रिया