सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०९:३५ |सिड्नीको समय: ०७:३५ |काठमाडौंको समय: ०३:२०

समाजवादी मोर्चा हुँदै फेरी नयाँ नेकपा बनाउँछौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड 

एएनजेड खबरजुन १४, २०२३

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा हुँदै नयाँ नेकपा बनाउने बताएका छन् ।

आज नेकपा माओवादी केन्द्र दाङले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न पुगेका प्रचण्डले समाजवादी क्रान्तिको तयारीका लागि समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको जानकारी दिए। 

,’मोर्चाको दस्ताबेज समेत टुङ्गो लगाइसकेको छ ‘, प्रचण्डले भने, ‘हाम्रो पार्टी, माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबिच केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ । तल्लो तहसम्म समाजवादी मोर्चा बन्छ ।’

सबै वामपन्थीसँग फेरि एकताका लागि पहल गर्नुपर्ने बताउँदै  प्रचण्डले एमालेभित्र पनि एकताका पक्षधरहरू रहेकाले एमालेको नेतृत्व परिवर्तन भएमा एमाले पनि एकताको पक्षमा आउने बताए। एमाले भित्र मुख्य नेतृत्व नै मूल रूपमा एकताको बाधक रहेको प्रचण्डको भनाइ छ। 

विगतमा नेकपा एमालेसँग एकता गरेर नेकपा बनाए पनि सफल नभएकोले फेरि नयाँ ढङ्गबाट नेकपा बनाउने कोसिस भइरहेको बताए । ‘हिजोको एकता कायम राख्न सम्भव भएन,’ उनले भने, ‘फेरि नेकपा बनाउने कोसिस भइरहेको छ । यसभित्र ठुलो अर्थ छ ।’

जनताको ठुलो हिस्सालाई सङ्गठित नगरी समाजवादी क्रान्तिको आधार तयार पार्न नसकिने भन्दै उनले त्यसका लागि सच्चा वामपन्थी र कम्युनिस्टहरूबिच एकताका लागि व्यापक बहस चलाउने बताए ।

तपाइँको प्रतिक्रिया