सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०९:३३ |सिड्नीको समय: ०७:३३ |काठमाडौंको समय: ०३:१८

२४ घन्टाको निगरानी पछि राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

एएनजेड खबरजुन १४, २०२३

राष्ट्रपति रामचन्द्र पौडेललाई अस्पतालबाट डिस्चार्ज गरिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई हिजो शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको थियो।

अस्पतालले एक विज्ञप्ति निकालेर राष्ट्रपति पौडेले नियमित स्वास्थ्य परीक्षण तथा उपचार गरी २४ घन्टाको अवलोकनमा रहेर डिस्चार्ज भएको जनाएको छ।

हिजो बिहान असहज महसुस भएपछि राष्ट्रपति पौडेललाई बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र लगिएको थियो। पौडेलको मुटुको दाहिनेतर्फ एउटा नसा ७० प्रतिशत बन्द भएको र त्यसपछि एनजिओप्लास्टी गरेर रक्तनली खोलिएको थियो ।

अहिले राष्ट्रपति पौडेलेको स्वास्थ्य अवस्था सामान्य रहेकाले हस्पिटलबाट डिस्चार्ज गरिएको हो।

तपाइँको प्रतिक्रिया