सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०८:२६ |सिड्नीको समय: ०६:२६ |काठमाडौंको समय: ०२:११

 समाजवादी प्रेस सङ्गठनको अध्यक्षमा विश्वमणि सुबेदी निर्वाचित

एएनजेड खबरजुन ११, २०२३

 नेकपा एकीकृत समाजवादी निकट पत्रकारहरूको संस्था  समाजवादी प्रेस सङ्गठनको अध्यक्षमा विश्वमणि सुबेदी निर्वाचित भएका छन् ।जेठ २६ र २७ गते काठमाडौँमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनले सुवेदीलाई अध्यक्षमा निर्वाचित गरेको हो। 

सो सङ्गठनको गए राती निर्वाचन सम्पन्न भएको थियो। सुवेदीले अध्यक्षमा प्रतिस्पर्धी रहेका भूपराज खड्कालाई २८ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । सुवेदीले एक सय ४७ मत प्राप्त गर्दा खड्काले एक सय १९ मत प्राप्त प्राप्त गरेका थिए । अध्यक्षका अर्का प्रतिस्पर्धी राघव साहले १५ मत मात्रै पाए । 

उपाध्यक्षमा तीर्थ सिग्देल, सुभाष साह, महासचिवमा रामकुमार एलन, उपमहासचिवमा लेखनाथ सिकारु, प्रतिज्ञा बुढा मगर, सचिवमा कान्ति न्यौपाने, कोषाध्यक्षमा कृपा भण्डारीलगायत निर्वाचित भएका छन् ।

 समाजवादी प्रेस संगठनको यो प्रथम राष्ट्रिय अधिवेशन हो।  गत शुक्रवार समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले उद्घाटन गरेका थिए ।

तपाइँको प्रतिक्रिया