बिहीबार, वैशाख ४, २०८२ |Thu Apr, 2025
अक्ल्याण्डको समय: २०:२५ |सिड्नीको समय: १८:२५ |काठमाडौंको समय: १४:१०

अष्ट्रेलियाको डार्बिनमा नेपाल फेस्टिभल सम्पन्न 

एएनजेड खबरजुन ११, २०२३

अष्ट्रेलियाको उत्तरी शहर डार्बिनमा नेपाल फेस्टिभल भव्य रूपमा सम्पन्न भएको छ। नेपाली संस्कृति झल्किने मौलिक पोसाकमा हजारौँको सङ्ख्यामा रहेका नेपालीभाषीको सहभागिता रहेको थियो।

नेपाललाई चिनाउने विभिन्न प्रकारका नेपाली जाँतो, मोही पार्ने मदानी, आगो बालेर पकाउने नेपाली चुलो, नेपाली अन्य घरायसी सामाग्रीहरु प्रदर्शनीमा राखिएका थिए। नेपालमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवमा नेपाललाई चिनाउने मौलिक बाजागाजा नृत्य झाँकी समेत प्रदर्शन गरिएको थियो। 

फेस्टिभललाई नेपाली समुदायसँगै नर्दन टेरेटोरी सरकार, डार्विन वाटरफ्रन्ट, नेप्लीज एशोसिएसन अफ नर्दन टेरेटोरी, डार्विन हर्टस फुटबल क्लब समेतको सहकार्यमा गैरआवासीय नेपाली संघ नर्दन टेरेटोरीले नेपालको आयोजना गरेका थियो।

महोत्सवमा नेपाली चर्चित गायक प्रकाश सपुतसँगै स्थानीय कलाकारको बेजोड साङ्गीतिक प्रस्तुति दिएका थिए।

तपाइँको प्रतिक्रिया