एनआरएन अध्यक्ष उम्मेदवारमा डिला खरेल, उपाध्यक्ष सन्ध्या शाह र महासचिवमा अनिल पोखरेल तोकिए !!
गैर आवासिय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी जुलाई २९ मा हुने निर्वाचनमा प्रजातान्त्रिक समुहको तर्फवाट अध्यक्ष पदमा डिला (डिलाराम) खरेलले उम्मेदवारी दिने पक्का भएको छ ।
अष्ट्रेलियामा रहेका प्रजातान्त्रिक पक्षधर सामाजिक अगुवाहरूले २०२३-२५ निर्वाचनका लागि स्टेरिंग कमिटी निर्माण गरेको थियो । सोही कमिटीले चयन गरेको ५ सदस्यीय छनौट समितिले डिला खरेललाई आगामी अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको जनाएको छ ।
अध्यक्ष पदमा इच्छा गरि आवेदन दिएका सन्ध्या शाहलाई न्यू साउथ वेल्स राज्य संयोजक (उप सभापति) उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
अध्यक्ष पदका अर्का शसक्त दावेदार अनिल पोखरेललाई महासचिव पदमा उम्मेदवार बनाउने निर्णय गरेको समितिले जनाएको छ ।
त्यसैगरि सचिव पदमा थिर गुरूंग र कोषाध्यक्ष पदमा इरशाद अहमदलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
छनौट समितिमा दुर्गा आचार्य संयोजक रहेका थिए भने जनसम्पर्क समिति अष्ट्रेलियाका संयोजक सुरेश गुरूंग, एनएडिफका पू्व अध्यक्ष सुरेन्द्र सापकोटा, गणेश केसी र अभिमन्यू केसी सदस्य रहेका थिए ।
यता छनौट समितिले आधिकारिक उम्मेदवार डिला खरेललाई छनौट गरे लगत्तै महासचिव पदमा उमेदवार छनौट गरिएका अनिल पोखरेलले सामाजिक सन्जाल मार्फत आफु अध्यक्ष पदमै निर्वाचन लड्ने घोषणा गरेका छन् । यस विषयमा पोखरेलसंग सम्पर्क गर्दा आफु छनौट समितिका नाममा प्रत्येक पटक शिकार भइरहेकोले विधि सम्मत अध्यक्ष पदमा उम्मेदवारी दिने र जित्ने दावी गरे ।
तपाइँको प्रतिक्रिया