देशको हित र संविधानको रक्षापछि मात्रै संसद् खुल्छ :केपी ओली
एएनजेड खबरजुन ४, २०२३
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको हित र संविधानको रक्षापछि मात्रै संसदमा भएको अवरोध हट्ने बताएका छन्।
आज बसेको प्रतिनिधि सभाको बैठकको अवरोधपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राष्ट्र, संविधानको रक्षा र भूमिको रक्षापछि मात्रै एमालेले संसद्को गतिरोध हटाउने बताए।
‘राष्ट्रको रक्षा, संविधानको रक्षा, भूमिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा र नेपालको समग्र हितको रक्षापछि मात्रै यो सेटल हुन्छ।’ओलीले भने। संसदमा रहेका प्रतिपक्षी दलहरूले प्रतिनिधि सभाको बैठक अवरोध गरेका थिए। सभामुख देवराज घिमिरेले १ घण्टाका लागि बैठक स्थगित गरेता पनि अहिलेसम्म बस्न सकेको छैन।
तपाइँको प्रतिक्रिया