आइतबार, असोज ६, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०५:३८ |सिड्नीको समय: ०३:३८ |काठमाडौंको समय: २३:२३

सैनिक मञ्च टुँडिखेलमा मनाइयो १६औं गणतन्त्र दिवस

एएनजेड खबरमे २९, २०२३

आज नेपालमा गणतन्त्र स्थापना भएको दिन जेठ १५ गते सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहका साथ १६औं गणतन्त्र दिवस मनाइएको छ ।

पुष्पवृष्टि र सुरक्षाकर्मीको परेडका साथै विभिन्न झाँकीसहित दिवस भव्यरुपमा मनाइएको हो । कार्यक्रममा हरेक वर्ष जस्तै शान्तिको प्रतीक परेवा पनि उडाइएको छ ।

गणतन्त्र दिवसको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत संवैधानिक निकायका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिको उपस्थिति रहेको थियो ।त्यस्तै सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरू टुँडिखेलमा आयोजित गणतन्त्र दिवसमा सरिक भएका थिए।

समारोहलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गरेका ठगी। उनले गर्दै गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र नै भएको भन्दै यसलाई अझै मजबुत बनाउनुपर्ने धारणा व्यक्त गरे।

नेपालमा बिक्रम संवत २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । त्यही दिनको सम्झनामा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिन्छ ।

तपाइँको प्रतिक्रिया