आइतबार, असोज ६, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०२:२७ |सिड्नीको समय: ००:२७ |काठमाडौंको समय: २०:१२

प्रधानमन्त्री प्रचण्ड र सभामुखबीच छलफल,आजै संसद् बैठकमा प्रश्नोत्तर कार्यक्रम हुने  

एएनजेड खबरमे १८, २०२३

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभाको बैठकमा प्रश्नोत्तर कार्यक्रम गर्ने भएका छन्। प्रधानमन्त्री प्रचण्डलाई १५ जना सांसदहरूले प्रश्न सोध्ने बताइएको छ। 

यसैबिच सभामुख देवराज घिमिरे र प्रधानमन्त्री प्रचण्डबिच  छलफल भइरहेको  छ। प्रतिनिधि सभामा प्रत्यक्ष प्रश्नोत्तर गर्नु अगाडि प्रधानमन्त्रीले सभामुखसँग संसद् भवन नयाँ बानेश्वरमा छलफल गरेका हुन् ।

बिहान ११ बजे सुरु हुने भनिएको प्रतिनिधिसभाको बैठक यो समाचार तय गर्दा सम्म सुरु हुन सकेको छैन। प्रधानमन्त्री र सभामुखको छलफलका कारण संसद् बैठक सुरु हुन नसकेको हो।  

तपाइँको प्रतिक्रिया