शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ११:५९ |सिड्नीको समय: ०९:५९ |काठमाडौंको समय: ०५:४४

अष्ट्रेलियामा चितवनका ३० वर्षीय युवकको सडक दुर्घटनामा ज्यान गयो 

एएनजेड खबरमे १८, २०२३

अष्ट्रेलियामा अर्का एक ३० वर्षीय युवकको सडक दुर्घटनामा ज्यान गएको छ। नेपाली दम्पतीको सडक दुर्घटनामा ज्यान भएको २४ घण्टा बित्न नपाउँदै अर्को दुखद घटना भएको हो। 

भिक्टोरिया प्रहरीका अनुसार प्रमोद आचार्य सवार कारलाई एक ट्रकले ठक्कर दिएको हो। मेलबर्नबाट करिब ५० किलोमिटर टाढा कोल्याग भन्ने ठाउँमा सो दुर्घटना भएको प्रहरीले जनाएको छ।दुर्घटना हिजो साँझ साढे ६ बजे तिर भएको हो।

मृतक आचार्य चितवन भरतपुरको रहेको खुलेको छ । ल्याब टेक्नीसियनका रुपमा कृषि फर्ममा काम गर्ने उनी चढेको कार प्रिन्सेस हाईवेको कोला पम्बरनेट रोडमा दुर्घटनामा परेको थियो ।

आचार्य निकटका अनुसार मृतक युवा हिजो साँझ खान खाएर काममा निस्केका थिए, तर उनी २ घण्टा बितिसक्दा पनि काममा नपुगेपछि खोजी  भएको थियो। 

तपाइँको प्रतिक्रिया