शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ११:५२ |सिड्नीको समय: ०९:५२ |काठमाडौंको समय: ०५:३७

अष्ट्रेलियाका उपविदेशमन्त्री वाट्स र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता 

एएनजेड खबरमे १७, २०२३

नेपाल भ्रमणमा रहेका अष्ट्रेलियाका उपविदेशमन्त्री टिम वाट्सले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्। 

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार भएको भेटवार्तामा दुई देशबिचको हितका विषयमा महत्त्वपूर्ण कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। 

भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको विकास र समृद्धिमा अष्ट्रेलियन सरकार र जनताको सहयोगको निरन्तरताको अपेक्षा गरेका थिए । भेटमा प्रधानमन्त्रीले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरूको अवस्था र समस्याहरूका बारेमा चासो व्यक्त गरेको पनि सचिवालयले जनाएको छ। त्यस्तै मन्त्री वाट्सले अष्ट्रेलियामा नेपालीहरूले राम्रो प्रभाव पारेको भन्दै उनीहरूको योगदानको प्रशंसा गरेको पनि  जानकारी दिएको छ। 

प्रधानमन्त्री प्रचण्डले उपविदेशमन्त्री मार्फत अष्ट्रेलियाका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो पनि दिएका छन्। 

तपाइँको प्रतिक्रिया