शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १२:१५ |सिड्नीको समय: १०:१५ |काठमाडौंको समय: ०६:००

अष्ट्रेलियाले १३औँ शताब्दीको रत्नेश्वर मन्दिरको टुँडाल नेपाललाई फिर्ता दियो 

एएनजेड खबरमे १६, २०२३

 अष्ट्रेलियाको आर्ट ग्यालरीमा रहेको १३औँ शताब्दीको रत्नेश्वर मन्दिरको टुँडाल नेपाललाई फिर्ता गरेको छ । न्यु साउथ वेल्सका निर्देशक माइकल ब्रान्डले मन्दिरका मुख्य पुजारी हेरम्बराज राजोपाध्यायलाई आज उक्त टुँडाल हस्तान्तर गरेका हुन् ।

उक्त  कार्यक्रममा नेपाल भ्रमणमा रहेका अष्ट्रेलियाका उपविदेशमन्त्री टिम वाट्स र  संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीलगायतको उपस्थिति थियो। 

सो हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उपविदेशमन्त्री वाट्सले आर्ट ग्यालरी न्यु साउथ वेल्सको यस कार्त्य प्रति  प्रसंशा गरे । उनले भने,‘अष्ट्रेलियाले आज उच्च नैतिक व्यवहार र अन्तर्राष्ट्रिय मान्यताअनुसार काम गर्न प्रतिबद्ध छौँ भन्ने तथ्य प्रदर्शन गरेको छ । यो नै अष्ट्रेलियाली जनताको र विश्वको हामीप्रतिको आशा हो ।,’

वाट्सले भने,‘आज उत्सव मनाउने समय हो, किनभने यो स्पष्ट भएको छ किअश्त्य्रेलिया र नेपालको सम्बन्ध फस्टाउँदै छ । यो सम्बन्धको मुटुका रूपमा हाम्रा दुई राष्ट्रका जनताहरू रहेका छन् ।’

उनले सम्बोधनको क्रममा भने ‘अष्ट्रेलिया र नेपालबीच सिधा हवाई उडान गर्नेलगाय, सम्बन्ध सुदृढ गर्न, नयाँ पहल लिन हामी उत्साहित छौँ । हामी हाम्रा दुई देशहरू र जनताहरूलाई अझ नजिक ल्याउँदैछौं,’।

उपविदेशमन्त्री सँगै भ्रमणमा रहेका आर्ट ग्यालरी न्यु साउथ वेल्सका निर्देशक ब्रान्डले अष्ट्रेलियाली सरकारसँग सहकार्य गरी नेपालको महत्त्वपूर्ण सम्पदा नेपाली जनताका साथमा फिर्ता गर्न पाउँदा खुसी लागेको बताए ।

तपाइँको प्रतिक्रिया