आइतबार, असोज ६, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०२:२९ |सिड्नीको समय: ००:२९ |काठमाडौंको समय: २०:१४

३ दिनको म्याद थप भएपछी आजै टोपबहादुरको बयान लिईयो

एएनजेड खबरमे १५, २०२३

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीको बयान लिएको छ ।जिल्ला अदालत काठमाडौंले उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएलगत्तै उनको बयान लिएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयका उपन्यायधिवक्तासहित जिल्ला प्रहरी परिसर काठमाडौंका मुद्दा शाखाकाको प्रतिनिधि टोलीले उनको बयान लिएको छ ।

टोपबहादुरको मुद्दामा बुधबारसम्म अनुसन्धान सकेर फाइल तयार गर्नु पर्ने भएकाले आजै बयान सुरु गरिएको हो। गत २० वैशाखबा फरार टोपबहादुरलाई प्रहरीले हिजो साँझ काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको थियो ।

तपाइँको प्रतिक्रिया