आइतबार, असोज ६, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०२:३८ |सिड्नीको समय: ००:३८ |काठमाडौंको समय: २०:२३

टोपबहादुर पक्राउ पर्दा रक्सीले मात्तिएका थिए 

एएनजेड खबरमे १५, २०२३

 गए राति पक्राउ परेका फरार एमाले सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गर्दा उनी रक्सीको नसामा रहेको खुलेको छ। 

नेपाल प्रहरीको विशेष ब्युरोले टोपबहादुरलाई बुढानीलकण्ठमा अर्घाखाँचीकै एक कार्यकर्ताको घरबाट पक्राउ गरेको थियो।  प्रहरीका अनुसार टोपबहादुर रक्सी खाएर झुम्म भएको अवस्थामा फेला परेका थिए। 

उनको स्वास्थ्य परीक्षणका क्रममा मदिरा पिएको पुष्टि भएको छ। उनी आफैले  डाक्टरलाई एक गिलास बियर खाएको जवाफ दिएका थिए । टोपबहादुरको तीनकुनेस्थित कान्तिपुर अस्पतालमा स्वास्थ्य जाँच गरिएको थियो। 

 टोपबहादुरलाई सोह्रखुट्टे वृत्तको हिरासतमा राखिएको छ। उनको स्वास्थ्य जाँचपछि  राति नै सोह्रखुट्टे वृत्तमा लगिएको थियो। उनलाई बालकृष्ण खाँडलाई जस्तै  हिरासत कक्ष नभई कार्यालयको कोठामा छुट्टै व्यवस्था गरी राखिएको छ। 

तपाइँको प्रतिक्रिया