आइतबार, असोज ६, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०२:३७ |सिड्नीको समय: ००:३७ |काठमाडौंको समय: २०:२२

फरार टोपबहादुर बुढानीलकण्ठबाट पक्राउ 

एएनजेड खबरमे १५, २०२३

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीको विशेष ब्युरोले उनलाई काठमाडौँको बुढानीलकण्ठबाट आज साँझ पक्राउ गरेको हो। 

टोपबहादुरलाई  जिल्ला अदालत काठमाडौँले  वैशाख २० मा पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएपछि फरार भएका टोपबहादुर अन्ततः आज पक्राउ परेका हुन्।  प्रहरीले टोपबहादुरका छोरा सन्दीपलाई भने २० वैशाखमा नै पक्राउ गरी अनुसन्धान गरिरहेको छ। 

टोपबहादुर शनिवार काठमाडौँ आएको बताइएको छ। उनी बुढानीलकण्ठ क्षेत्रमा आफन्तको घरमा लुकेर बसेको थाहा पाएपछि प्रहरीले समातेको हो। 

यस अघि काँग्रेसका नेता पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृह सचिव टेकनारायण पाण्डे, खाँणका स्वकीय सचिव नरेन्द्र केसी, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई सहित १२ जना पक्राउ परिसकेका छन् ।

तपाइँको प्रतिक्रिया