आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ०१:२० |सिड्नीको समय: २३:२० |काठमाडौंको समय: १९:०५

शरणार्थी प्रकरण: प्रचण्ड, देउवा र ओली आज पनि छलफलमा

एएनजेड खबरमे १०, २०२३

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सिंहदरबारमा छलफलमा जुटेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको भन्दै कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणलाई प्रहरीले आज पक्राउ गरेको थियो। यता एमालेले पनि फरार रहेका पार्टी सचिव टोपबहादुर रायमाझीलाई फरार भएको ८ दिनपछि निलम्बन गरेको छ। टोपबहादुरविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो उनी गत वैशाख २० गतेदेखि फरार छन्।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने काममा संलग्न रहेको भन्दै कांग्रेस र एमालेका ठुला भनिएका नेताहरु नै धमाधम पक्राउ पर्न थालेपछि शीर्ष तीन नेता छलफलमा जुटेका हुन्।

तपाइँको प्रतिक्रिया