एमालेले फरार भनिएका टोपबहादुरलाई निलम्बन गर्यो
एएनजेड खबरमे १०, २०२३
नेकपा एमालेले नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीलाई आज निलम्बन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि उनलाई एमालेले निलम्बन गरेको हो ।
महासचिव शङ्कर पोखरेलले विज्ञप्ति जारी गर्दै राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुङ्गो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको जानकारी दिएका छन् ।
रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि फरार भएका छन् । उनका छोरा सन्दीपलाई भने प्रहरीले बुटवलबाट पक्राउ गरी अदालतमा पेस गरिसकेको छ ।
तपाइँको प्रतिक्रिया