आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ०१:२८ |सिड्नीको समय: २३:२८ |काठमाडौंको समय: १९:१३

नेता होस् या नाता दोषी भए कसैलाई छोड्नु हुन्न : महामन्त्री गगन थापा 

एएनजेड खबरमे १०, २०२३

 नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी रहेका कसैलाई पनि छोड्न नहुने बताएका छन्।  

आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा संलग्न नेता होस् या नाता जो सुकै भए पनि कारबाही हुनुपर्ने  धारणा राखेका हुन्। 

उनले भने ‘यो प्रकरणमा संलग्न जो होस् कारबाहीको दायरामा आउनुपर्छ, बजारको हल्लाले प्रभावित नहोस्, कुनै भेटघाटले पनि प्रभावित नहोस्, कुनै दबाबले प्रभावित नहोस् । कुनै पनि कुराले प्रभावित नहोस्’ ।

अनुसन्धान स्वच्छ र स्वस्थ हुनुपर्ने भन्दै महामन्त्री थापाले भने ‘अनुसन्धान फ्री र फेयर होस् निर्दोष कोही नपरोस् तर दोषी छ भने नेता होस् कि नाता होस्  एउटा पनि नछुटोस्’। थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गरेको अहिलेसम्मको कामको प्रशंसा गर्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई बधाई समेत दिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्नु पर्ने थापाको भनाइ छ । 

तपाइँको प्रतिक्रिया