आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ००:२० |सिड्नीको समय: २२:२० |काठमाडौंको समय: १८:०५

अहिलेसम्म नक्कली भुटानी शरणार्थी काण्डमा जोडिएका हाईप्रोफाईल:-(सूचीसहित)

एएनजेड खबरमे १०, २०२३

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ असुली धन्दा चलाइरहेका हाईप्रोफाईलका राजनीतिक व्यातिहरू भकाभक समातिन थालेका छन्। 

‘लहरो तान्दा पहरो गर्जिन्छ’ भनेझैँ तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार ईन्द्रजित राई र तत्कालीन गृह सचिव टेकनारायण पाण्डे पक्राउ पर्न साथै धेरैको नाम जोडिएको छ भने पूर्व गृहमन्त्री बालकृष्ण खाँडलाई प्रहरीले आजै पक्राउ गरेको छ। 

यता एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर राजमाझी भने प्रहरीलाई चक्मा दिँदै ताप कसेका छन्। उनलाई प्रहरीले फरार सूचिमा राखेको छ। 

हालसम्म नक्कली भुटानी शरणार्थी काण्डमा  नाम जोडिएका र पक्राउ परेका हाईप्रोफाईलहरू :-

१.एमाले सचिव तथा पूर्व उपप्रधानमन्त्री – टोपबहादुर रायमाझी  ( फरार )

२.काँग्रेस नेता तथा  पूर्व गृहमन्त्री – बालकृष्ण खाँण ( पक्राउ )

३. नेपाल सरकारको बहालवाला सचिव(तत्कालीन गृह सचिव) – टेकनारायण पाण्डे ( पक्राउ )

४. अख्तियार प्रमुख तथा पूर्व गृह सचिव  – प्रेमकुमार राई ( अनुसन्धान जारी )

५. पूर्व गृहमन्त्रीका सुरक्षा सल्लाहकार – ईन्द्रजित राई ( पक्राउ ) र उनको छोरा नीरज राई ( फरार )

६. पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा पत्नी तथा सांसद – आरजु राणा ( अनुसन्धान जारी )

७. पूर्व गृहमन्त्री खाँण पत्नी – मञ्जु खाँण ( अनुसन्धान जारी ) 

८. पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा – सन्दीप रायमाझी ( पक्राउ ) 

९. पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा – प्रतीक थापा ( फरार ) 

१०. पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव – राजेश बज्राचार्य ( अनुसन्धान जारी ) 

 ११. पूर्व गृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी (पक्राउ)

१२. काठमाडौँ टोखाका रामशरण केसी (पक्राउ )

१३. मोरङका गोविन्द चौधरी (पक्राउ)

१४. मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भएका केशवप्रसाद दुलाल (पक्राउ)

१५. पाँचथरको फिदिम नगरपालिका–७ घर भएका टंककुमार गुरुङ (पक्राउ)

१६. दाङ घर भएका सन्देश शर्मा (पक्राउ)

१७. मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का पूर्व वडाध्यक्ष सागर राई (पक्राउ)

प्रहरी अनुसन्धानले हाईप्रोफाईलका व्यक्तिहरू तानिन सक्ने प्रबल सम्भावना रहेको छ। राजनीतिक सौदाबाजी गर्दै एकले अर्कोलाई बचाउने षड्यन्त्र हुने उत्तिकै खतरा पनि देखिन्छ । प्रधानमन्त्री भैसकेका व्यक्तिहरू पनि यस प्रकरणमा तानिएमा कुनै नौलो भने हुनेछैन। 

तपाइँको प्रतिक्रिया