आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ००:२७ |सिड्नीको समय: २२:२७ |काठमाडौंको समय: १८:१२

फरार टोपबहादुरको घरमा प्रहरीको छापा

एएनजेड खबरमे ९, २०२३

नेपालीलाई नक्कली भुटानी  शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा मुछिएका एमालेका सचिव टोपबहादुर रायमाझीको  घरमा प्रहरीले खानतलासी गरेको छ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले ललितपुरको सातदोबाटोमा रहेको टोपबहादुरको घरमा आज दिउसो खानतलासी गरेको हो। 

शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुरलाई काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको भए पनि उनी फरार रहेका छन्।  

नक्कली शरणार्थी बनाई अमेरिका उदाउने भन्दै बिचौलियाहरूबाट करोडौँ रकम बुझेको आरोपमा टोपबहादुर र छोरा सन्दीपमाथि पक्राउ पुर्जी जारी भएको थियो। छोरा सन्दीप भने पक्राउ परिसकेका छन् भने बुवा टोपबहादुर अहिलेसम्म प्रहरीलाई छक्काएर हराइरहेका छन्। 

टोपबहादुरलाई उनकै पार्टी एमालेले लुकाएको आरोप लागिरहेको छ।सोही विषयलाई लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पटक पटक भेटेर दबाब दिएको सार्वजनिक भइसकेको छ।  

तपाइँको प्रतिक्रिया