शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ११:४८ |सिड्नीको समय: ०९:४८ |काठमाडौंको समय: ०५:३३

अष्ट्रेलियामा एजकेयर र डिजाबिलिटी क्षेत्रमा काम गर्नेलाई दुई वर्षमै पिआर

एएनजेड खबरमे ७, २०२३

 अष्ट्रेलिया सरकारले  एजकेयर र डिजाबिलिटी क्षेत्रमा काम गर्नेहरूलाई  दुई वर्षमै पिआर पाउने व्यवस्था गरेको छ । सङ्घीय सरकारकी एजकेयर मन्त्री अनिका वेल्सले एजकेयर इन्डस्ट्रिज लेवर एग्रिमेन्ट अन्तर्गत यस्तो कानुनी व्यवस्था गर्न लागिएको बताएकी हुन्। 

फोटो : नेपालट्युब

 मन्त्री अनिकाका अनुसार स्पोन्सर स्कील भिषा हुँदै दुइ बर्षमै पिआर पाउन सकिने छ। ग्रामीण क्षेत्रमा काम गर्ने एजकेयर कामदारलाई पिआर दिनेगरी केही समय अघि डामा योजना ल्याइएको थियो । 

या सुविधाको लागी एजकेयर र डिजाबिलिटी कम्पनीहरूले नर्सिङ युनियनसँग सम्झौता गरेर प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ  । अहिले नै सम्झौता भएका कम्पनीमा काम गर्नेहरूले दुई वर्ष काम गरेको पुरा भएको खण्डमा अहिले नै  पिआरको प्रक्रिया अगाडी बढाउन पाउनेछन् ।

तपाइँको प्रतिक्रिया