आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ००:३१ |सिड्नीको समय: २२:३१ |काठमाडौंको समय: १८:१६

टोपबहादुर कहाँ छन् तपाईँहरू आफै खोज्नुस् न : एमाले अध्यक्ष ओली 

एएनजेड खबरमे ६, २०२३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टोपबहादुर रायमाझीलाई आफै खोज्न पत्रकारहरूलाई जवाफ फर्काएका छन्।  पार्टी सचिव टोपबहादुरलाई पक्राउ पुर्जी जारी भएपछि  दोस्रो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय पुगेका हुन्। 

टोपबहादुर रायमाझी

दुई दिन अघि प्रधानमन्त्री प्रचण्डसँग भएको भेट पश्चात् ओलीले उपप्रधानमन्त्री पटक पटक मन्त्री भइसकेको मान्छेलाई  बाटोबाटै पक्राउ गर्न नहुने विवादास्पद अभिव्यक्ति दिएका थिए। उनले  सरकारले आफ्ना नेताहरूको विरुद्ध षड्यन्त्र गरिरहेको आरोप समेत लगाएका थिए ।

प्रधानमन्त्रीलाई भेटेर निस्केका ओलीलाई पत्रकारहरूले टोपबहादुर कहाँ छन् भनेर प्रश्न राख्दा उनले ‘कहाँ छन् भन्ने आफूलाई जानकारी नभएको बताउँदै ‘तपाईँहरू खोज्नु न’भन्दै जवाफ फर्काएका थिए। 

टोपबहादुर पक्राउ पुर्जी जारी भएको दिन गत २० गते अर्घाखाँचीमा एक कार्यक्रममा रहेको र सोही साँझदेखि सम्पर्कविहीन भएका हुन्। 

तपाइँको प्रतिक्रिया