आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ००:२१ |सिड्नीको समय: २२:२१ |काठमाडौंको समय: १८:०६

कीर्ते मुद्दामा पत्रकार भण्डारी पक्राउ

एएनजेड खबरमे ६, २०२३

सरकारी छाप कीर्ते गरेको आरोपमा पत्रकार मदनबाबु भण्डारी पक्राउ परेका छन् । पोखराबाट काठमाडौं आउने क्रममा शनिबार उनलाई जिल्ला प्रहरी परिसर टेकुको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट नियन्त्रणमा लिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए ।

उनले प्रहरीको चालचलन शाखाको नक्कली छाप बनाई विभिन्न व्यक्तिलाई घरबाटै पुलिस रिपोर्ट बनाइदिने गरेको सूचनाका आधारमा छानवीन हुँदा दोषी देखिएपछि पक्राउ गरिएको कार्कीले बताएका छन् ।

यसबाहेक उनले गुल्मीस्थित एक गाउँपालिकाको छाप र लेटरप्याड बनाएर केही व्यक्तिसँगै आर्थिक लाभ लिई त्यसको दुरुपयोग गरेको कार्की बताउँछन् ।

उनीविरुद्ध सरकारी सहीछाप तथा कीर्ते दस्तखतसम्बन्धी कसुर आकर्षित हुने प्रहरीको भनाई छ ।

तपाइँको प्रतिक्रिया