आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: २३:३७ |सिड्नीको समय: २१:३७ |काठमाडौंको समय: १७:२२

संखुवासभामा हेलिकोप्टर दुर्घटना, २ जनाले हामफालेर ज्यान बचाए !!

एएनजेड खबरमे ५, २०२३

संखुवासभामा हेलिकोप्टर दुर्घटनामा परेको छ। जिल्लाको भोटखोला भन्ने ठाउँमा दुर्घटना भएको हो। दुर्घटनामा परेको हेलिकोप्टर संखुवासभाको भोटखोला-४ सिप्रुङको जिजिङ्खास्थित बारीको पाटामा क्षतविक्षत अवस्थामा भेटिएको हो।

दिउँसो १ बजेर १० मिनेटमा भएको दुर्घटनाअघि हेलिकप्टरमा सवार२ जनाले हाम फालेर ज्यान बचाएका छन्। सकुशल रहनेमा संखुवासभाकै चेपुवाका छिरिङ भोटे र सिम्रिक एयरकै कर्मचारी रहेको बताइएको छ। उक्त दुर्घटनामा पाइलट सुरेन्द्र पौडेल र स्थानीय भविन गुरुङ घाइते भएका छन्।

अपर अरुणको सामान बोकेर गएको सिम्रिक एयरको उक्त हेलिकप्टर दुर्घटनामा परेको हो। नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ। हेलिकोप्टर दिउँसो १ बजेदेखि सम्पर्कविहीन भएको थियो ।

तपाइँको प्रतिक्रिया