आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: २३:३५ |सिड्नीको समय: २१:३५ |काठमाडौंको समय: १७:२०

उपप्रधानमन्त्री भइसकेको व्यक्तिलाई षड्यन्त्रपूर्वक ढंगले समात्न पाइदैन : एमाले अध्यक्ष ओली

एएनजेड खबरमे ४, २०२३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो पार्टीका सचिव टोपबहादुर रायमाझीलगायतलाई पक्राउ पुर्जी जारी भएपछी दुई नेताहरूको छलफल भएको हो।

आज सिंहदरबारमा भएको भेटकाबारे सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै ओलीले आफूले आफ्नो पार्टीका सचिव रायमाझी बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने खालको व्यक्ति नभएको र षड्यन्त्रपूर्वक पक्राउ गर्ने कोशिस भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको जानकारी दिए।

उनले भने,‘एउटा सांसद, पटक पटक मन्त्री भइसकेको, उपप्रधानमन्त्री भइसकेको व्यक्ति, षड्यन्त्रपूर्वक ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने ? रहस्यपूर्ण छ’ ओलीले भने, ‘अहिलेको सिटिङ एमपी कहिँ भागेर जाने होइन ।’

ओलीले पक्राउ पुर्जी जारी भएपछि आफूले रायमाझीसँग हिजो मात्रै कुरा गरेर जानकारी लिएको बताएका छन् । ‘मैले कुरा गरेको थिएँ, पक्राउ पुर्जीबारे जानकारी छ भनेको थिएँ, उहाँले भर्खरै आईजीसँग कुरा गरेको थिएँ, त्यस्तो होइन, तर कुरा के हो स्पष्ट पारिदिनुपर्ला भन्नुभएको छ, म काठमाडौं आउँदैछु भन्नुभएको थियो’ ओलीले भने ।

तपाइँको प्रतिक्रिया